जुनसुकै समयमा आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै ओलीले दिए तयार रहन निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् ।

आइतबार काठमाडौँमा अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनु पार्टीसामु मुख्य कार्यभार रहेको बताएका हुन् ।

उनले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल सुरु गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे । सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै अध्यक्ष ओलीले निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी क्रियाकलापको माध्यमबाट सत्ता परिवर्तन हुने गरेको बताए ।

नागरिकमा बेचैनी र निराशा बढ्दै गइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले यस्तो अवस्थामा नेकपा एमाले वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा जानुपर्नेमा जोड दिए ।

  • १ मंसिर २०८३, मंगलवार १४:३५ प्रकाशित