रास्वपाका २० सांसद चीन प्रस्थान

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता आज चीन प्रस्थान गरेका छन् ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन प्रस्थान गरेका हुन् । भ्रमण टोलीलाई पार्टी प्रवक्ता जगदीश खरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० निमन्त्रणामा रास्वपा प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो । भ्रमणको समयावधि ११ दिनको हुनेछ ।

महामन्त्री आचार्यको नेतृत्वमा चीन भ्रमण गर्न लागेको टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सहित सांसदहरु लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा.आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा.राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा चीन जान लागेका छन् ।

प्रतिनिधिमण्डलले चीनका शहरको भ्रमण गर्ने भएको छ । बेइजिङ, हाङचोउ, सिचुवान लगायतमा रास्वपा टोलीले भ्रमण गर्ने भएको छ ।

भ्रमण टोलीका सदस्य एवं रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुख आनन्द चन्दले नवप्रवर्तनको क्षेत्रमा चीनले गरेको विकासलाई भ्रमणको क्रममा अध्ययन गर्न चाहेको बताए ।

  • २९ कार्तिक २०८३, आईतवार १०:५२ प्रकाशित