बालेन र मोदीले गरे ६६९ मेगावाट तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरिएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीबाट डिजिटल माध्यम मार्फत संयुक्त रूपमा आयोजनाको शिलालेख अनावरण गर्दै शिलान्यास गरेका हुन् ।

संखुवासभा चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ । आयोजना निर्माणका लागि लगानी बोर्ड नेपाल र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच २०८० जेठ १८ मा परियोजना विकास सम्झौता ९पीडीए० भएको थियो ।

आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ९बुट० ढाँचामा अघि बढाइने छ । पीडीए अनुसार पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निस्शुल्क प्राप्त गर्ने छ ।

व्यावसायिक उत्पादन सुरु भएको २५ वर्षपछि आयोजना चालु अवस्थामै नेपाल सरकारलाई हस्तान्तरण गरिने व्यवस्था छ ।

  • ७ मंसिर २०८३, सोमबार १४:३० प्रकाशित