अमेरिकी डलरको भाउ स्थिर, अस्ष्ट्रेलियन डलरको भाउ थप घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (सोमबार) अमेरिकी डलरको स्थिर छ । युरो, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरको भाउ भने घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५२ रुपैयाँ २४ पैसा नै कायम गरिएको छ । अमेरिकी डलरको विनिमयदर आइतबार पनि यही थियो । लगातातर तीन दिनसम्म यही दरमा अमेरिकी डलरको कारोबार भइरहेको छ ।

आज युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा छ । आइतबार खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा थियो ।

यस्तै आज यूके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ १२ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९२ पैसा छ। आइतबार खरिददर २०२ रुपैयाँ १९ पैसा र बिक्रीदर २०२ रुपैयाँ ९९ पैसा थियो ।

यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ७७ पैसा छ। आइतबार खरिददर १०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९७ पैसा थियो ।

आज क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६७ पैसा छ । हिजो खरिददर १०७ रुपैयाँ १२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५५ पैसा थियो ।

आज सिंगापुर डलर १ को खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११८ रुपैयाँ ९७ पैसा छ । हिजो खरिददर ११८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०२ पैसा थियो ।

  • ३ कार्तिक २०८३, सोमबार ०७:२७ प्रकाशित