पोखरा ।
आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित अधिकांश मुद्राको भाउ उच्च दरमा घटेको छ । हिजो अमेरिकी डलर र कुवेती दिनारको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलरको भाउ बढेको थियो भने युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको भाउ घटेको थियो ।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा थियो।
त्यसैगरी आज युरो १ को खरिददर १७१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा छ । हिजो युरो १ को खरिददर १७३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७२ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०३ रुपैयाँ २२ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ९० पैसा र बिक्रीदर १०८ रुपैयाँ ३२ पैसा थियो ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ २६ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४१० रुपैयाँ ६४ पैसा थियो ।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













