काठमाडौं ।
नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गतको केन्द्रीय कार्यसमितिको निर्वाचन ज्येष्ठ मतदाताबाट सुरु गरिने भएको छ।
आज दिउँसो १बजेदेखि सुरु हुने मतदान ज्येष्ठ मतदाताबाट सुरु गरिने सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
यसअघि बिहान १० बजे मतदान सुरु गर्ने कार्यतालिका भए पनि मतपत्र छपाई ढिलाइ भएका कारण ढिलाइ भएको थियो।
ज्येष्ठ मतदाता को हो भन्ने यकिन भई नसकेको र निर्वाचन समितिले यकिन गर्ने काम गरिरहेको जानकारी कटुवाले दिए।













