काठमाडौं।
नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया १ बजेसम्मका लागि सारिएको छ। उम्मेदवारको अन्तिम सूची आउनलाई ढिलाइ भएको र मतपत्र छाप्न समय लागेकाले सार्नु परेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
उनले भने– ‘उम्मेदवारहरूको अन्तिम लिष्ट आउन समय लाग्यो। त्यो लिस्ट मतपत्रमा छाप्नका लागि लामो भएकाले झनै समय लाग्यो। त्यसैकारण हामी निर्वाचनको मतदान सार्न पर्ने अवस्थामा पुग्यौ ।’
केन्द्रीय निर्वाचन समितिले गएराति १० बजे मात्रै उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको थियो। २९७ सदस्य केन्द्रीय समितिमा दोब्बर भन्दा बढी उम्मेदवार छन्।













