काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले नेकपा एमाले र नेकपा मसालसंग कार्यगत एकता सुरु गरिसकेको बताएका छन् । नेकपाको काभ्रे जिल्लाको एकता बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संयोजक प्रचण्डले विचार मिल्नेहरूसँग पार्टी एकता गरेर जाने निर्णय पार्टीले गरेको गरिसकेको समेत जानकारी दिए ।
उनले भने, ‘केन्द्रीय कार्यसंयोजन समितिको बैठकको सर्वसम्मत निर्णय कार्यान्वयन गराउनको लागि नै हामीले एमाले र नेकपा मसालसंग कार्यगत एकता सुरु गरेका छौँ । सातै प्रदेशमा आवश्यकता अनुसार सरकारमा सहभागी भएका छौं ।’
आगामी दिनमा सदन र सडकको संघर्षमा सहकार्यमा सहकार्य गर्दै जानुपर्ने बताए । उनले थपे, ‘आउने दिनमा सडक आन्दोलन, सदनभित्रको बहस छलफलमा, स्थानीय र प्रदेशसभाको निर्वाचनमा पनि यो सहकार्यलाई सुदृढ गर्दै जानुपर्छ ।’ आगामी महाधिवेशनले पार्टी संगठनलाई चुस्त बनाउने र युवाहरूको सहभागिता सुनिश्चित गर्ने बताए ।














