नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन गरिएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले अभियानको उद्घाटन गरेका हुन्।

महाधिवेशनको तयारी गर्दै जनतासँगको सम्बन्ध बलियो बनाउनको अभियान गर्न लागेको प्रवक्ता प्रवक्ता प्रकाश ज्वालाले बताए। अभियानका क्रममा सरकारका जनविरोधी कामको भण्डाफोर गर्ने समेत बताए।

उनका अनुसार अभियान आजदेखि मंसिर २५ गतेसम्म चल्नेछ। अभियानसँगै आगामी स्थानीय तह निर्वाचन अगाडि वडा र पालिका अधिवेशन पनि गर्ने प्रवक्ता ज्वालाले बताए।

  • ७ कार्तिक २०८३, शनिबार १५:४४ प्रकाशित