आज सेयर बजार बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ। बिहीबार बजार बन्द हुँदासम्म नेप्से परिसूचक ११.७७ अङ्कले वृद्धि भई २६२९.८१ को बिन्दुमा पुगेको छ।

आजको बजारमा कारोबार रकम सामान्य देखिएको छ । दिनभरिमा कुल ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभरिमा १ करोड ७२ लाख कित्ता सेयर किनबेच भएका छन्।

आजको बजारमा लगानीकर्ताहरूको आकर्षण बढ्दा कुल १७६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको सेयर मूल्य घटेको छ। ७ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।

आजको बजारमा नेपाल ल्युब आयल सबैभन्दा धेरै १२।४७ प्रतिशतले बढेको छ। त्यसैगरी, सोनापुर मिनरल्स, कुमारी सबल योजना, घोराही सिमेन्ट र सीवाईसी नेपाल लघुवित्त लगायतका कम्पनीहरू पनि सर्वाधिक कमाउनेको सूचीमा छन्।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बजार बन्द हुँदा कुल बजार पुँजीकरण ४५ खर्ब २३ अर्ब रुपैयाँ कायम भएको छ।

  • ८ आश्विन २०८३, बिहीबार १६:०५ प्रकाशित