अमेरिकी डलरको भाउ बढ्दा यी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ भने अन्य विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६१ पैसा छ भने बिक्रीदर १५० रुपैयाँ ७८ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ १८ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा थियो ।

आज युरो १ को खरिददर १६६ रुपैयाँ ६० पैसा छ भने बिक्रीदर १६७ रुपैया २७ पैसा छ। हिजो बिहीबार युरो १ को खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैया ३० पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २०० रुपैयाँ ११ पैसा तोकिएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा थियो ।

 

  • २७ कार्तिक २०८३, शुक्रबार ०८:४८ प्रकाशित