कांग्रेस इतर समूहले संस्थापन पक्षले तय गरेको महाधिवेशनमा भाग नलिने

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको इतर समूहले संस्थापन पक्षले तय गरेको महाधिवेशनमा भाग नलिई आफ्नै ढंगले माहधिवेशन प्रक्रिया अगाडिबढाउने निर्णय गरेको छ । सोमबार पूर्वसभापति शेरबहादुर देउवा निवास महाराजगंजमा बसेको सो समूहको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उनका अनुसार सानेपाको निर्णयका आधारमा संस्थापन पक्षले तय गरेको महाधिवेशनमा भाग लिन सक्ने अवस्था नरहेकाले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय भएको हो ।

यसअघि संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औं महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा १५औं महाधिवेशनमा भाग लिन दिने निर्णय गरेको थियो ।

संस्थापन इतर समूहले भने आफूहरु कुनै पदका लागि नभइ पार्टीलाई जोगाउने अभियानमा अघि बढेकाले यसअघि प्रस्तुत १५ औं महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको जनाएको हो । बैठकपछि कांग्रेस नेता डा. प्रकाश शरण महतले संस्थापन पक्षको निर्णयका बारेमा अनौपचारिक छलफल भएको र सोमबार चार बजे पत्रकार सम्मेलन गरेर औपचारिक धारणा तय गर्ने जानकारी दिए ।

 

  • २९ भाद्र २०८३, सोमबार १४:३० प्रकाशित