आज नारीहरुको महान पर्व हरितालिका तीज, देशभरका शिवालयहरूमा व्रतालुहरूको घुइँचो

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदैछ ।आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ ।

यही विश्वासका साथ व्रतालुहरुको आज बिहानैदेखि पोखराको विन्दवासीनी, केदारेश्वर, नारायणस्थान लगायत देशका सम्पूर्ण शिवालयहरुमा घुइँचो लागेको छ ।

 

  • २९ भाद्र २०८३, सोमबार १०:०८ प्रकाशित