जेनजी आन्दोलनमा जलेका ४५२ प्रहरी कार्यालय पुनर्निर्माण : आईजीपी कार्की

केन्द्रभाग मिडिया

काठमाडौं ।

जेनजी प्रदर्शन हुँदा आगजनी भएको प्रहरी वृत्त गौशालाको कार्यालय एक वर्षमा तयार भएको छ । आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुनर्निमित भवन उद्घाटन गरेका छन् ।

काठमाडौँको गौशालामा पुनर्निमाण गरिएको कार्यालय र ब्यारेक भवन उद्घाटन गर्दै आईजीपी दानबहादुर कार्कीले जेनजी आन्दोलनमा क्षति पुगेका ४५२ वटा प्रहरी कार्यालयको पुनर्निर्माण सम्पन्न भएको बताए । अधिकांश संरचना समुदायसँगको सहकार्यमा निर्माण गरिएको उल्लेख गर्दै कार्कीले भने– ‘प्रहरी संरचनाको पुनर्निर्माणसँगै समुदाय र नेपाल प्रहरीको सम्बन्धको पनि पुनर्निर्माण भएको छ ।’

प्रहरीका संरचना पुनर्निर्माणमा समुदाय, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न सङ्घ संस्थाले गरेको सहयोगले सम्बन्धलाई थप आत्मीय बनाएको आईजीपी कार्कीले बताए । जेनजी आन्दोलनमा आगजनी र तोडफोड गरिएका प्रहरीका ४५९ संरचनामध्ये ४५२ वटा पुनर्निर्माण भएर सञ्चालनमा आएको उनले बताए ।

  • २८ भाद्र २०८३, आईतवार १४:४६ प्रकाशित