आज सुनचाँदीको भाउ बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

आइतबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा १२ सय रुपैयाँ तथा चाँदीको भाउ ६० रुपैयाँ बढेको हो । महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख १ हजार रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ अघिल्लो दिन प्रतितोला ४ हजार ६०० रुपैयाँ रहेकोमा आज ४ हजार ६६० रुपैयाँ कायम भएको छ ।

  • २८ भाद्र २०८३, आईतवार ११:३० प्रकाशित