पैसा नहुँदा सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्‍मा उठ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सडकमै महिलाले बच्चा जन्माएको घटना संसद्‍मा उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी (रास्वपा)का सांसद खगेन्द्र कर्णले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटना संसद‍मा उठाएका हुन् ।

उनका अनुसार सुत्केरी व्यथा लागेपछि महिला अस्पताल गएकी थिइन् । तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन मानेन ।महिलासँग २ हजार ५ सय मात्रै रहेकोले भर्ना गर्न नपाएको उनले बताए ।

राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवानले पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन विवश भएको उनले बताए ।

यो विषयमा सांसद कर्णले सरकारसँग जवाफ समेत मागेका छन् ।

  • २५ भाद्र २०८३, बिहीबार १४:२८ प्रकाशित