पोखरा ।
मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार आज (मंगलबार) राति ९ बजेर ५३ मिनेट जाँदा मुस्ताङमा ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
जसको धक्का वरपरका जिल्ला र काठमाडौंसम्म समेत हल्का महसुस भएको उनले जानकारी दिए ।











