काठमाडौं ।
मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७९० रुपैयाँ कायम भएको छ ।











