रसुवा बाढी : हालसम्म ज्यान गुमाउनेको संख्या १३४१ पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

रसुवास्थित भोटेकोशी नदीमा यही १० भदौमा गएको विनासकारी बाढीका कारण हालसम्म कम्तिमा १ हजार ३४१ जनाको ज्यान गुमेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १ हजार ३४१ जनाको शव फेला परेको छ । अझै ४ हजार ९ सय ९६ जना सम्पर्कविहीन छन् ।

बेपत्ताको सङ्ख्या ठूलो रहेकाले खोजी तथा उद्धारकार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ ।बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएको छ ।

बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म ६ हजार ७५ जनाको उपचार भइरहेको छ ।खोजी तथा उद्धार कार्यमा २१ हजार ४ सय ६५ नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीको जनशक्ति परिचालन भएका छन् ।

  • २१ भाद्र २०८३, आईतवार १५:१७ प्रकाशित