पहिरोले दार्चुलाको चौलानी नदी आंशिक थुनियो : सतर्क रहन आग्रह

केन्द्रभाग मिडिया

 

बैतडी ।

दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण चौलानी नदी आंशिक थुनिदाँ पानीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिएका छन् ।

नदीको बहाव प्रभावित भएकाले सतर्क रहन नदी किनारका बस्तीहरूलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् ।

प्रजिअ पौडेलको अनुसार पहिरो गएको क्षेत्रमा क्षतिको आधिकारिक विवरण आएको छैन, प्रहरी त्यसतर्फ गइसकेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको जनाएको छ ।

नदी थुनिएर एक्कासि फुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा सम्भावित जोखिमबाट बच्न प्रशासनले आग्रह गरेको छ ।

  • १९ भाद्र २०८३, शुक्रबार १५:५६ प्रकाशित