त्रिवि शिक्षण अस्पतालमा रहेको १९३ शव मध्ये २४ को पहिचान

केन्द्रभाग मिडिया

काठमाडौ ।

रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले अस्पतालमा राखिएको मध्ये १७४ शवको परीक्षण भइसकेको जानकारी दिए ।

त्यस्तै, अस्पतालमा लगिएको हालसम्मम २४ जनाको शव मात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।अस्पतालमा ल्याएकामध्ये १५१ शव र १० वटा शबका विभिन्न अङ्गसहित १६१ शवको व्यवस्थापन भएको डा। चौधरीले बताए । रासस

  • १९ भाद्र २०८३, शुक्रबार १३:४८ प्रकाशित