काठमाडौं।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकको मिति परिवर्तन गरेको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै बैठकको नयाँ मिति तय भएको जानकारी दिए ।
यसअघि शनिबार दिउँसो १:०० बजेका लागि तय गरिएको बैठक अब एक दिन पछि अर्थात् आगामी आइतबार दिउँसो १:०० बजे बस्ने भएको छ।
बैठक ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ।












