पोखरा ।
आज (बुधबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनासहित सबैजसो विदेशी मुद्राको भाउ थप घटेको छ । मंगलबार पनि सबैजसो मुद्राको भाउ घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुासर आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा थियो।
त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा छ। हिजो युरो १ को खरिददर १७६ रुपैयाँ २९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९९ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ ११ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ६६ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा थियो ।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ६२ पैसा छ । हिजो कुवेती दिनार १ को खरिददर ४९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४९६ रुपैयाँ ७३ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ १७ र बिक्रीदर ४०३ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ०८ र बिक्रीदर ४०४ रुपैयाँ ६७ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।












