काठमाडौं ।
लोकप्रिय सांगीतिक समूह कन्दराले अमेरिकाको एट्लान्टा कन्सर्टबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरेको छ ।ब्यान्डका गायक विवेक श्रेष्ठले कन्सर्टबाट उठेको रकम भोटेकोशी बाढी पीडितको लागि प्रदान गरिएको जानकारी दिएका छन् ।
कन्दराले कूल १३ हजार ६७० डलर अर्थात २१ लाख रुपैयाँ रकम प्रधानमन्त्री कोषमा प्रदान गरेको हो । कन्सर्ट सकिए लगत्तै ब्यान्डका तर्फबाट गायक श्रेष्ठले उक्त रकम प्रधानमन्त्री कोषको क्यूआरमार्फत ट्रान्सफर गरेका थिए ।
भोटेकोशी बाढीको घटनापछि ब्यान्डले एटलान्टा कन्सर्टलाई ‘ट्रिब्यूट कन्सर्ट’को रुपमा परिवर्तन गरेको थियो ।यतिबेला कन्दरा आफ्नो ‘रिदम अफ चेन्ज’ टूरअन्तर्गत अमेरिकामा छ । यसपछि भर्जिनिया र कोलोराडोको डेनभरमा प्रस्तुति दिने तयारी छ ।












