रसुवा बाढी : हालसम्म ७६८ शव भेटिए, १६० जना उपचारपछि डिस्चार्ज

केन्द्रभाग मिडिया

काठमाडौं ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएका ७६८ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो २ बजेसम्म ७६८ शव फेला परेका हुन् ।

प्रहरीका अनुसार सबैभन्दा धेरै २६४ शव चितवनमा फेला परेका छन् । यस्तै, पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ शव भेटिएका छन् ।

प्रहरी अनुसार हालसम्म दुई हजार ७१५ जना घाइते तथा अन्य व्यक्तिको उद्धार गरिएको छ ।यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालबाट १६० जना घाइते उपचारपछि घर फर्किएका छन् ।

  • १४ भाद्र २०८३, आईतवार १५:१४ प्रकाशित