स्याङ्जामा अवैध रूपमा खसी-बोका ओसारपसार गर्ने बोलेरो जिप कारवाहीमा

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जामा अवैध रूपमा खसी-बोका ओसारपसार गर्ने बोलेरो जिप कारवाहीमा परेको छ ।

हिजो साँझ अन्दाजी सवा ५ बजेको समयमा विरुवा गाउँपालिका वडा नम्बर ४ बाँहुदेखि स्याङ्जा सदरमुकाम तर्फ जाँदै गरेको ग ३ च ३१८४ नम्बरको बोलेरो जिप कारबाहीमा परेको प्रहरी चौकी बिरुवा अर्चले स्याङ्जाले जानकारी दिएको छ ।

बोलेरोले पालिकामा बुझाउनुपर्ने निकासी कर नतिरी ३२ वटा खसि बोका ओसारपसार गरेको फेला परेपछि बोलेरोलाई नियन्त्रणमा लिई कारबाही गरेको हो ।

बोलेरोलाई पाँच हजार ६ सय जरिवाना गरि छोडिएको प्रहरीले जनाएको छ ।

 

  • ११ भाद्र २०८३, बिहीबार १५:११ प्रकाशित