गरिमा चौधरीको घटनामा संलग्न किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ

केन्द्रभाग मिडिया

symbolic picture

काठमाडौं ।

बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् । किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त भिडियोमा किशोरले कसरी बलात्कार गरेको भन्ने सबै कुरा खुलाएका छन् ।प्रहरीले समक्ष गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो।

त्यसक्रममा भिडियो खिच्ने व्यक्तिबाटै त्यो बाहिरिएको हुनसक्ने देखिएपछि पक्राउ परेका हुन् । बारा प्रहरीका एपपी नरेन्द्र कुँवरका अनुसार भिडियो खिच्ने प्रहरीलाई अहिले पक्राउ गरी हिरासतमा राखिएको छ । उनलाई फौजदारी कुसरमा नै कारबाही अघि बढाउने तयारी भएको छ ।

भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको छ ।

  • ८ भाद्र २०८३, सोमबार १४:४८ प्रकाशित