जाजरकोटमा खोलाले बगाउँदा दुई जना बेपत्ता

केन्द्रभाग मिडिया

Symbolic picture

जाजरकोट ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्।

३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता भएका हुन् ।प्रहरीका अनुसार डोग्रा खोलाले बगाउँदा उनीहरू बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार थापालाई बुधबार साँझ गोठबाट घर फर्कने क्रममा खोलाले बगाएको थियो । सिंह भने शुक्रबार बिहान डोग्राखोलाको बाढीमा बेपत्ता भएका हुन् । बाढीले आठदेखि १० वटा पानीघट्टसमेत बगाएको छ।

बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।

लगातारको वर्षाका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

  • ५ भाद्र २०८३, शुक्रबार १३:५२ प्रकाशित