रास्वपाका मन्त्री र सांसदहरूसँग सभापति लामिछानेको छलफल जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग पार्टीका सांसद र मन्त्रीहरूको छलफल सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहदरबार छलफल सुरु भएको हो ।

सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल सम्बन्धमा मन्त्री र सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन सूचना जारी भएको थियो ।

पछिल्लो समय सरकारको काम र सत्ता पक्षकै सांसदहरूको भूमिका अराजक बन्दै गएपछि चौतर्फी आलोचना भएको थियो ।

  • ३ भाद्र २०८३, बुधबार १२:१८ प्रकाशित