काठमाडौं।
भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।
जनरल सेठ दिउँसो २ः४० बजे प्रधानमन्त्री कार्यालय पुगेका हुन्।उनको आगमनअघि नेपाली सेनाका प्रधानसेनापति पनि प्रधानमन्त्री कार्यालय पुगेका थिए। भारतीय स्थल सेना प्रमुख सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्।
सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।











