पोखरा ।
पोखराका एलिस सुवेदीले आफैले अनुसन्धान गरेर १७ फ्लेबरको परफ्यूम निकालेका छन् । जसलाई उनले सबै प्रक्रिया समेत पूरा गरेर बजारमा ल्याएका छन् । सोमबार उनले अनुसन्धान गरेर निकालेको प्रफ्युम शोरुमको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्घाटन गरेका हुन् ।
परफ्यूम शोरुमको उद्घाटन गर्दै अध्यक्ष कार्कीले अहिलेका नयाँ पुस्ताले विदेश जाने सपना बोक्ने गरेकामा एलिसले नेपालमा नै केही गर्ने सोचका साथ अनुन्धान गरेर अफ्नै उत्पादन बजारमा ल्याउन सफल भएकोमा बधाई दिए । देशमै केही गर्नुपर्छ, नयाँ खोज गर्नुपर्छ र रोजगारी सिर्जना गर्नुपर्छ भनेर लाग्ने एलिस जस्ता प्रतिभालाई राज्य र स्वयम निजी क्षेत्रबाट समेत प्रोत्साहन हुनुपर्ने बताए । उनले आँफूले अब देखि एलिस प्रफ्युम नै प्रयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
एलिस ब्राण्डको परफ्यूम बजारमा ल्याएका एलिसले आफूले लामो खोज र अनुसन्धान पछि व्यवसायिक उत्पादनमा लागेको जानकारी दिए । आफूले ल्याएको परफ्यूम एक पटक प्रयोग गरेपछि निरन्तर १५ घण्टा काम गर्ने जानकारी दिए ।
उनले परफ्यूम उत्पादनका लागि अनुसन्धान गर्न २० दिन भारतमा र दुई हप्ता काठमाडौंमा बसेको बताएका उनले असुन्धानका लागि मात्र ४ लाख रुपैयाँ खर्चिको बताए । आफूले ल्याएको परफ्यूम ईडीयु प्रफ्युम रहेको उनको भनाई । एलिसका बुबा आमा १८ वर्ष देखि पोखराको पन्थी गल्लीमा सञ्चालन गरिरहेका छन् । एलिस कस्मेटिक्सले पनि सोमबारबाट नै दोस्रो शाखा सञ्चालनमा ल्याएको छ ।
पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नारायण कोइराला, वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, महासचिव सोभा गौतम, एलिसका बुबा एवं एलिस कस्मेटिक्सका सञ्चालक प्रेम सुवेदी सहित शोरुम उद्घाटनका अबसरमा उपस्थित विभिन्न बस्तुगत संघ संगठनका अध्यक्ष एवं प्रतिनिधिले एलिस ब्राण्डको प्रफ्युम देश विदेशसम्म फैलिन सक्ने भन्दै शुभकामना दिए ।












