काठमाडौं ।
साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २.२५ अंक घटेको छ । यसअघि शुक्रबार पनि नेप्से ७.३७ अंक घटेको थियो ।
आजको कारोबारपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ । आज ७२ कम्पनीको मूल्य बढेको छ भने २०१ को घटेको छ, त्यस्तै ७ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब २७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५२ करोडको भयो । आजको कारोबार रकम साउन ११ गतेयताकै उच्च हो ।












