हुम्लामा जिप दुर्घटना, दुई जना घाइते

केन्द्रभाग मिडिया

काठमाडौं ।

हुम्लाको अदानचुली गाउँपालिका-४ लौठी खोलामा जिप दुर्घटना भएको छ।

अदानचुली गाउँपालिका-५ कगाईबाट श्रीनगरतर्फ आउँदै गरेको भे १ च १६८५ नम्बरको जिप मंगलबार लौठी खोलामा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा अदानचुली गाउँपालिका-५ की २३ वर्षिय बिमला सिंह र ३५ वर्षीय कलक छत्याल रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खडकाले बताए।

प्रहरीका अनुसार ओरालो भागमा अनियन्त्रित भई जिप सडकमै पल्टिएर दुर्घटनामा परेको हो । जिपमा चालकसहित ५ जना सवार थिए ।

घाइतेहरूको उद्वार गरी उपचारका लागि श्रीनगर स्वास्थ्यचौकीमा पठाइएको डीएसपी खडकाले बताए ।

  • २६ श्रावण २०८३, मंगलवार १४:०६ प्रकाशित