स्याङ्जा ।
स्याङ्जाको आँधिखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवक मृत भेटिएका छन् ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका सल्यान जिल्ला सिद्ध कुमाख गाउँपालिका वडा नम्बर १ घर भई हाल गल्याङ नगरपालिका ११ मुडकिल्ला बस्ने वर्ष २५ का बलदेव बस्नेत मृत भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।
उनी हिजो साउन २४ गते आइतबारको दिन दिउँसो अन्दाजी साढे २ बजेतिर पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।प्रहरी चौकी गल्याङ र ३० नम्बर हेडक्वाटर गुल्म वालिङ स्याङ्जाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजेर ५० मिनेटको समयमा उनको शव फेला पारेको हो ।













