लोपोन्मुख राउटे समुदायकी एक महिलाको निधन, जनसङ्ख्या १३२ मा झर्‍यो

केन्द्रभाग मिडिया

सुर्खेत ।

लोपोन्मुख राउटे समुदायकी एक महिलाको निधन भएको छ ।निधन हुनेमा ६५ वर्षीया फलाटो शाही रहेकी छिन् ।

उनी राउटे समुदायका मुखीया मध्येका एक प्रकाश शाहीकी आमा हुन् । राउटे परियोजनाका कर्मचारी लालबहादुर केसीका अनुसार, उनी दीर्घरोगका बिरामी थिइन् ।

‘औषधी सेवन गरिरहेकी थिइन्,’ केसीले भने, ‘अहिले साउने सङ्क्रान्तिको अवसरमा अत्यधिक मदिरा सेवन पनि भएकाले बिहान २ बजेतिर मृत्यु भयो ।’

फलाटो शाहीको मृत्युपछि अब राउटे समुदायको कुल जनसङ्ख्या १३२ मा झरेको छ । गत वर्ष साउन महिनामा उनीहरूको जनसङ्ख्या १३५ थियो । हाल राउटे पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–९, खानीखोलामा बस्दै आएका छन् ।

  • २१ श्रावण २०८३, बिहीबार १५:३२ प्रकाशित