संखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका सुपरभाइजर बेपत्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

संखुवासभामा खोलाले बगाएर इदुवा हाइड्रोपावरका एकजना कर्मचारी बेपत्ता भएका छन् ।

संखुवासभाको मकालु गाउँपालिका ५ फाकफुकस्थित सिमली खोला तर्ने क्रममा खाँदबारी–१० बस्ने २८ वर्षीय स्वागत निरौला बेपत्ता भएका हुन् । इदुवा हाइड्रोपावरमा सुपरभाइजरको रुपमा काम गर्ने निरौला साथीहरु सँगै खाना खाई हाइड्रोको आवासमा फर्कने क्रममा गएराति ११ बजे खोलामा बगेका थिए ।

प्रहरी र स्थानीयको सहयोगमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीको दुहबी नगरपालिका–११ मिल टोलमा हिजो साँझ धनसुना खोला तर्ने क्रममा ६० वर्षीय रविलाल उराव बेपत्ता भएका छन् । बाँसको अस्थायी पुल तर्ने क्रममा हिजो साँझ साढे पाँच बजे उनी चिप्लिएर खोलामा खसेका थिए । उनको खोजी भइरहेको अस्थायी प्रहरी चौकी तनमुना सुनसरीले जनाएको छ ।

  • २१ श्रावण २०८३, बिहीबार ११:१६ प्रकाशित