पहिरो हटेसंगै मुग्लिन–नारायणगढ सडक दुईतर्फी खुल्यो

केन्द्रभाग मिडिया

पोखरा ।

पहिरोका कारण अबरुद्ध मुग्लिन–नारायणगढ सडक खण्डको सिमलताल नजिक खेसेको पहिरो हटाइएको छ ।

यससंगै सवारी साधन दुईतर्फी नै चलेका चितवन प्रहरीले जानकारी दिएको छ । चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्द्र भुषण यादवका अनुसार ६ः ४५ बजे गएको पहिरो सडक डिभिजन भरतपुरको डोजरको सहायताले हटाइएको हो । ढलेको ठूलो रुख काटेर हटाएसंगै सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

निरन्तरको वर्षाका कारण सडकमा पहिरोको जोखिम कायमै रहेकोले सतर्कतापूर्वक यात्रा जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

 

  • २० श्रावण २०८३, बुधबार १०:३६ प्रकाशित