पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अबरुद्ध

केन्द्रभाग मिडिया

पोखरा ।
पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अबरुद्ध भएको छ । सिमल तालनजिकै पहिरो खस्दा सो सडकमा दुईतर्फी आवागमन अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहान ६ः ४५ बजे गएको पहिरो अहिले हटाउने काम भइरहेको छ । ढलेको ठूलो रुख काटेर सकिएको र अब पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायव उपरीक्षक चन्द्र भुषण यादवले जानकारी दिए । ‘पहिरोका कारण बाटो दुईतर्फी नै अबरुद्ध छ । ढलेको रुख काटेर सकियो । अब पहिरो हटाउँदा एक घण्टा लाग्छ होला’ केन्द्रभागलाई उनले विहान ८ः१० बजे जानकारी दिए ।

  • २० श्रावण २०८३, बुधबार ०८:१५ प्रकाशित