अपडेट : सुनकोसीमा खसेको कारमा ३ जना सवार

केन्द्रभाग मिडिया

काठमाडौं।

सिन्धुलीस्थित सुनकोसी नदीमा खसेको कारमा चालकसहित ३ जना रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कार चालक सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकाका दिलकुमार लामासहित तीन जना सवार रहेको खुलेको हो ।

लामा सडक विभाग अन्तर्गत मध्यपहाडी लोकमार्ग अन्तर्गत मुलकोट खण्डको ठेकेदार समेत रहेको बुझिएको छ । त्यस्तै, कारमा रहेका अर्का स्काइभेटरका ड्राइभर रहेका र अर्का एक जना हेल्पर रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा।प्र ०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको कारलाई ठक्कर दिँदा फिक्कल गाउँपालिकास्थित नवलपुर भन्ने स्थानबाट नदिमा खसेको थियो ।

दुर्घटना लगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीय घटनास्थलमा खटिए पनि बाढीका कारण उद्धार प्रभावित भएको बताइएको छ ।

  • १८ श्रावण २०८३, सोमबार १४:१० प्रकाशित