पोखरां ।
रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार बिहान ३ बजेर ७ ७ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।
रोल्पा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रजेन्द्रबहादुर चन्दका अनुसार भूकम्पको धक्का महसुस् भएपनि अहिलेसम्म कुनै क्षतिको खबर भने प्रप्त भएको छैन ।













