काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक सरिसकेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (सोमबार) विहान देशभर साधारणतया बदली भएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका पनि एक-दुई स्थानमा हल्का वर्षा जारी छ ।
आज दिउँसो दिउँसो हिमाली केही स्थान र पहाडी भूभागको धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । महाशाखाले बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेश प्रदेश साथै कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना पनि छ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केहि स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने पूर्वानुमान छ ।
त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक-दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति नै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।













