बढ्यो पेट्रोलियम पदार्थको मूल्य

केन्द्रभाग मिडिया

काठमाडौं ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयाल निगमले सोमबार विहानदेखि लागु हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।

योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसा कायम भएको छ । एलपी ग्यासको मूल्य भने यथावत् छ ।

यसरी मूल्य वृद्धि गर्दा समेत निगमलाई पाक्षिक रूपमा (१५ दिनमा) करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने देखिएको निगमको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक र निरन्तरको मूल्यवृद्धिका कारण निगम चरम आर्थिक दबाबमा परेको भन्दै सबै उपभोक्ता र सरोकारवालालाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन निगमले विशेष अनुरोध समेत गरेको छ ।

 

  • १८ श्रावण २०८३, सोमबार ०६:५१ प्रकाशित