कांग्रेस केन्द्रीय समिति बैठक २४ साउनमा बस्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाइएको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय समिति बैठक २४ साउन आइतबार दिनको १ बजेका लागि आह्वान गरिएको हो ।

बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थिति हुन आह्वान गरिएको छ ।

  • १७ श्रावण २०८३, आईतवार १५:१३ प्रकाशित