रविसँगको छलफलपछि धार्मिक अगुवाले हात मिलाएर दिए एकताको सन्देश

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगको छलफलपछि धार्मिक अगुवाले हात मिलाएर एकताको सन्देश दिएका छन् ।

धार्मिक हिंसा भड्किएपछि सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सभापति लामिछानेले धार्मिक समुदायका अगुवाहरूसँग छलफल गरेका हुन् ।

छलफलमा विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, सचिवालय सदस्य राजुराज फुयाल, मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिद सहभागी थिए ।

छलफलपछि उनीहरूले रविको अगाडि मिलाए हात मिलाएर एकताको सन्देश दिएका हुन्।रविले छलफलमा दुवै संस्थाबाट संयुक्त वक्तव्य निकाल्न आग्रह गरे ।उनले नागरिकको धन–जन जोगाउनको लागि एकताबद्ध हुनुपर्ने बताए।

उनले थपे, ‘अलिकति पनि ढिला गर्‍यौँ भने त्यसले अर्को विध्वंस निम्त्याउन सक्छ। हाम्रा भाइ-भतिजाहरू लडिरहेका छन्, घेरिएका छन्, तड्पिएर हिँडिरहेका छन्। जसले जुन उद्देश्यले यो आगो झोसेको भए पनि यो आगोले डढाउने हाम्रै घर हो। तर त्यो सल्किँदै आउने त यहीँ हो।’

  • १५ श्रावण २०८३, शुक्रबार १३:५८ प्रकाशित