प्रहरी र सशस्त्रका उच्च अधिकृतहरुलाई तराई खटाइयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुलाई तराई पठाइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेले सिनियर अफिसरहरुलाई तराईका जिल्लाहरुमा पठाइएको बताए । उनका अनुसार तराई मधेशका कर्फ्यु लागेको र आसपासका जिल्लाहरुमा उच्च अधिकृतहरुलाई खटाइएको छ ।

त्यसैगरी सशस्त्र प्रहरीले पनि उच्च अधिकृतहरुलाई तराई पठाएको छ । उच्च अधिकृतका साथै थप मदतका लागि तराईका छिमेकी जिल्लाहरुका सुरक्षाकर्मीलाई तराई झारिएको छ ।

सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगर र नेपाल प्रहरीका हिमालय श्रेष्ठलाई जनकपुर पठाइएको हो । दुवै जना जनकपुर पुगिसकेका छन् । मधेस प्रदेशको सप्तरीदेखि पर्सासम्म उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

  • १५ श्रावण २०८३, शुक्रबार १२:०५ प्रकाशित