काठमाडौं ।
सिरहाको लहानमा दुई पक्षबिच झडप हुँदा एक जनाको ज्यान गएको छ । दुई समूहको बिचमा झडप हुँदा करिब २० वर्षीय गणेश यादवको ज्यान गएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए ।
बिहीबार मध्याह्न गोलबजारमा भएको झडपमा परेर एक जना घाइते भएका छन् । स्थिति अशान्त बनेसँगै गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।
प्रदर्शनकारीले ग्यारेजबाट निकालेर ११ वटा मोटरसाइकलमा आगजनी गरेका थिए ।













