काठमाडौं ।
यो साताको लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बिहीबार बजारको परिसूचक नेप्से १६.२९ अंक घटेको हो ।
यो कमीपछि नेप्से २६७२ अंकमा अडिएको छ । यो साता कारोबार सुरु भएदेखि नै बजार लगातार घटिरहेको छ । साताको चार दिनमा नेप्से परिसूचक ६२ अंक घटेको छ । गत शुक्रबार नेप्से २७३४ अंकमा थियो ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब २ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३८ करोडको भयो । आज ५९ कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने ११ को स्थिर रह्यो ।













