पूर्वप्रधानमन्त्री भट्टराई डिस्चार्ज

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख भएसँगै डिस्चार्ज भएका छन् ।

मङ्गलबार साँझ अचानक तीव्र चक्कर तथा वान्ता भएपछि डा भट्टराईलाई उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधारोन्मुख भभएसँगै डिस्चा्ज गरिएको डा भट्टराईका स्वकीयसचिव रेखी गुरुङले जानकारी दिए । रासस

  • १३ श्रावण २०८३, बुधबार १५:५६ प्रकाशित