होटलका बिचौलिया बनेर पर्यटकलाई दुःखदिने ८ जना पक्राउ

केन्द्रभाग मिडिया

एआई द्वारा निर्मित स्केच तस्बिर

पोखरा ।
राम्रो र सस्तो होटल उपलब्ध गराइदिने भन्दै आन्तरिक र बाहिय पर्यटकलाई दु:ख दिने ८ जना प्रहरीको फन्दामा परेका छन् । कास्की प्रहरीले उनीहरुलाई मंगलबार राति पौने ११ बजे पोखराको विरौटा र हल्लनचोकबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवानले जानकारी दिए ।

उनका अनुसार लेकसाईड एरिया तथा बिरौटा एरियाहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु र यात्रुहरुलाई आकर्षक र सस्तोमा होटल मिलाईदिने भनी रोक्ने, बार्गेनिक गर्ने, पिछा गर्ने जस्ता कार्य गरी अनावश्यक दुःख हैरानी दिइरहेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।

सीआरभी बिरौटा र सीआरभी हल्लनचोकबाट खट्टिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न  बिरौटाबाट ५ जना र  हल्लनचोकबाट ३ जना  पक्राउ परेका हुन् । उनीहरुलाई थप कारबाहीका लागि अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी पासवानले जानकारी दिए ।

  • १३ श्रावण २०८३, बुधबार १३:३१ प्रकाशित