काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।
केन्द्रीय कार्यालय प्राङ्गणमा श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको हो । कांग्रेस सभापति गगन थापाले श्रेष्ठको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । केन्द्रीय कार्यालयमा नेता कार्यकर्ताहरूको भिड लागेको छ ।
आज बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।
क्यान्सरबाट पीडित श्रेष्ठको ७९ वर्षको उमेरमा मंगलबार निधन भएको थियो । आजै शवयात्रासहित उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।












